back
NMB ad

सहकारी बैंकद्वारा बेनीमा सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम

Kumari bank ad

बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाको आयोजनामा सहकारी संघ सस्थाका सञ्चालकहरुका लागि आयोजित एक दिने क्षमता अभिवृद्धि तालिम सोमतवार सम्पन्न भएको छ ।

म्याग्दीमा क्रियाशिल विभिन्न विषयका सहकारीका सञ्चालकहरुलाई विद्यमान ऐन कानुन लगायत सहकारीको व्यवसायिक सफलताका लागि सञ्चालकहरुको काम कर्तव्य अधिकारका विषयमा जानकारी गराउने उदेश्यका साथ तालिमका आयोजना गरिएको बैंकले जनाएको छ ।

तालिममा सहजीकरण गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी ऐन नियमको पालना गर्दै व्यवसायिक कार्यमा लाग्न सञ्चालकहरुलाई आग्रह गर्नु भयो ।

व्यवहारिकताका नाममा ऐन नियम विपरित गरिने कार्यले सहकारीहरुलाई समस्यामा पार्ने भन्दै उहाँले सहकारी ऐन नियमको पालना तथा सहकारी क्षेत्रमा आएका प्रविधिहरुको उपयोग गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

सहकारीको पहिलो काम सदस्यहरुको सेवा हो भन्दै उहाँले सहकारीहरुले योजना बनाउदा सदस्यको हितमा हुने कार्यक्रमहरुलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्मा र लोकदिप वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष प्रमिला जोशीले तालिमले सहकारीलाई अगाडि बढाउन मद्दत गरेको बताउनु भएको थियो ।

तालिमका सहभागीहरुले बेनी बजारमा सहकारी बैंकको शाखा स्थापना गर्न माग गरेका छन् । शाखा नभएका कारण सहकारीको वचत अन्यत्र राख्दा सहकारीलाई समस्या भएको भन्दै म्याग्दीका सहकारीकर्मीहरुले बैंकको शाखा बेनीमा स्थापना गर्न माग गरेका हुन् ।

कार्यक्रममा शाखाको अवस्थाका बारेमा शाखा कार्यालय बागलुङका प्रमुख युवराज त्रिपाठीले जानकारी गराउनु भएको थियो ।

वि.सं.२०७६ फागुन १२ सोमवार १८:५० मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...