back
NMB ad

डेटा सेन्टर बनाउँदै नेप्से : अनुमतिविना डाटा स्क्रलिङ गरे कारबाही

Kumari bank ad

काठमाडौं । प्राकृतिक संकट आइपरेमा डेटालाई सुरक्षित गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उपत्यका बाहिर डेटा सेन्टर बनाउने तयारी थालेको छ ।

यसका लागि उसले सूचना प्रविधि नीति (आईटी पोलिसी) बनाउँदै छ । सञ्चालक समितिले भूकम्प, बाढीपहिरो, आगलागीजस्ता जोखीमबाट डेटा जोगाउन तथा रिकभरी गर्न डेटा सेन्टर बनाउने नीति पारित गरिसकेको आर्थिक अभियान दैनिकमा ममता थापाले समाचार लेखेकी छन् ।

नेप्सेले उक्त नीतिलाई नेपाल धितोपत्र बोर्डमा पठाउन लागेको छ । बोर्डबाट सुझाव आएपछि सूचना प्रविधि नीतिलाई कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । उनका अनुसार करीब डेढ वर्षदेखि नेप्से अनलाइन ट्रेडिङलाई व्यवस्थित बनाउन लागिपरेका कारण डेटाको सुरक्षाबारे सोच्ने समय थिएन ।

नीतिगत व्यवस्था गरेपछि नेप्सेको डेटा सुरक्षित राख्ने पूर्वाधार बनाउने उनले बताए । ‘कुनै कारणले दोस्रो बजारको प्लेटफर्म बन्द हुँदैन । भुइँचालो, बाढीपहिरो वा आगलागी जेसुकै होस, जुनसुकै विपत्तिमा पनि डेटा सुरक्षित हुन्छ,’ उनले भने ।

अहिले नेप्सेको डेटा सिंहदरबारभित्र रहेको सूचना प्रविधि मन्त्रालय परिसरमा रहेको सरकारको एकीकृत तथ्यांक केन्द्र (जीआईडीसी)मा राख्ने गरिएको छ । नेप्सेको उक्त नीति लागू भएपछि सिंहदरबारबाहेक पोखरा, बुटवल, भैरहवाजस्ता मोफसलमा समेत डेटा सेन्टर राख्ने योजना रहेको साउदले बताए ।

सूचना प्रविधि नीतिले डेटा प्रयोगमा कडाइ गर्ने नेप्सेले बताएको छ । हालसम्म सूचीकृत संस्थाहरूको शेयर कारोबारको डेटा एपीआईमार्फत विभिन्न अनलाइनहरूले प्रयोग गर्दै आएका छन् । तर अब विनास्वीकृति यस्तो डेटा प्रयोग गर्न नपाइने सीईओ साउदले जानकारी दिए । उनका अनुसार यो नीतिले नेप्सेको डेटा सुरक्षित हुन्छ । कसैले नेप्सेको अनुमतिविना डेटा प्रयोग गर्न पाउँदैन र स्क्रलिङ गरेर प्रयोग ग¥यो भने कारबाही हुन्छ ।

रियल टाइम सेटलमेन्ट गर्ने काम स्टक एक्सचेन्जको नभएको उनको भनाइ छ । ‘हामीले ब्रोकर कम्पनीलाई एपीआई (एप्लिकेसन्स प्रोग्रामिङ इन्टरफेस) दिइसकेपछि लगानीकर्तासँग कुन माध्यमबाट पैसा लिने र लगानीकर्तालाई कुन माध्यमबाट भुक्तानी गर्ने भन्ने काम उसको हुन्छ,’ उनले भने, ‘यसलाई अब एपीआईको प्रणालीभित्र रहेर मात्र वितरण गर्ने भएका छौं ।

नेप्सेले ब्रोकर कम्पनीहरूलाई ट्रेड म्यानेजमेन्टको सिस्टम दिएका छ । अब ब्रोकर कम्पनीको आफ्नो सुविधा र क्षमताअनुसार त्यसको प्रयोग गर्न सक्नेछन् ।’ नेप्सेमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोप समेत लगानीकर्ताहरूले लगाउने गरेका छन् ।

यो नीतिले भित्री कारोबारलाई समेत नियन्त्रण गर्ने उनको भनाइ छ । ‘मैले बारम्बार सुनेको छु । कहिलेकाहीँ कर्मचारीको मिलेमतो भयो, कर्मचारीले यसो र्गयो भन्ने आरोपहरू लगानीकर्ताले लगाउने गरेका छन् । अब यस्तो काम भयो वा भएन भनेर यो नीतिले परीक्षण गर्छ,’ उनले भने, ‘नेप्सेमा कार्यरत कर्मचारी फरक फरक प्रवृत्तिका हुन्छन, उनीहरूलाई समेत नियन्त्रण र सन्तुलन गर्न यसले मद्दत गर्नेछ ।’

अहिले कर्मचारी नियमावली मात्रै छ, तर अब नीतिले यसबारे कडाइ गर्नेछ । अन्य मुलुकमा आईटी सर्भर कक्षभित्र बाहिरको मान्छे छिर्न पाउँदैनन् । नेप्सेले पनि यसमा कडाइ गर्नेछ । नीतिगत व्यवस्थापछि नेप्सेले सफ्टवेयर, जनशक्ति लगायतमा थप खर्च गर्नुपर्ने देखिएको छ ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ०६:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...