क्लासिक टेक र प्रभु टिभीको सहकार्यकमा विशेष स्किम “आयो है आयो“

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गर्ने भएको छ । कम्पनीले उच्च गुणस्तरको इन्टरनेट साथै टिभी सेवा क्लासिक प्रभु टिभीको नाममा बजारमा ल्याएको हो ।

यस सहकार्यले लामो समयदेखि गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकहरुलाई ठूलो राहत पुग्ने कम्पनीले जनाएको छ । हाल यो सेवा काठमाडौँ उपत्यकालगायत प्रायः सबैजसो सहरहरुमा उपलब्ध गराइएको छ ।

अब क्लासिक टेक र प्रभु टिभीको सहकार्यकमा विशेष स्किम “आयो है आयो“ बजारमा आएको छ । कम्पनीले ३० एमबीपीएस गतिको ’आयो है आयो’ प्लान प्रतिमहिनाको दरमा ९ सय रूपैयाँ वार्षिक शुल्कमा ग्राहकहरुलाई उपलब्ध गराउने भएको हो। टिभीको सुविधा निस्शुल्क प्रदान गर्ने भएको छ ।

नेपालमा यति कम मूल्यमा इन्टरनेट तथा टिभीको सुविधा उपलब्ध गराइएको यो पहिलो पटक हो । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

२०७६ फागुुण १३ गते ११:२१ मा प्रकाशित

You can share this post!

शेयर बजार जानकारकहरु भन्छन् -'अझै बढेर रेकर्ड राख्छ' ‘अर्थमन्त्री बाहिरिने हल्लाले बढेको होइन !’

सुनको मूल्य ठ्याक्कै ८० हजार !

Related posts