back
NMB ad

बागमती प्रदेश सरकारले लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने

Kumari bank ad

हेटौंडा । बागमती प्रदेश सरकारले मकवानपुर तथा चितवन जिल्लाका सीमान्तकृत तथा लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने भएको छ ।यसका लागि भौतिक विकास तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षमा रु ४८ करोड ४० बजेट विनियोजन गरेको जनाएको छ ।

सीमान्तकृत तथा लोपोन्मुख जातिका कूल एक हजार ३८३ वटा पक्की आवास निर्माण गरिने योजनासहित मन्त्रालयले सार्वजनिक सूचनासमेत जारी गरेको छ ।

सहरी विकास तथा भवन कार्यालयले लक्षित वर्गका लागि मकवानपुरका ६५० तथा चितवनका ७३३ गरी करिब एक हजार ३८३ परिवारलाई घर आवास बनाउने प्रक्रिया अगाडि बढाएको हो ।

सो कार्यालयले ती दुवै जिल्लाका शहरभित्रका चेपाङ राउटे पहरी माझी, बोटे, तथा दलित समुदायका लागि तक्षित गरी सो योजना ल्याएको जनाएको छ । प्रतिघर निर्माणका लागि रु तीन लाख ५० हजार तोकिएको छ ।

भूकम्प प्रतिरोधात्मक शौचालय र दुई कोठे घर निर्माण गर्ने योजनाअन्तर्गत १५ प्रतिशत लक्षित समुदायका लागि निर्माण गर्न लागिएको बताइएको छ । कार्यालयका अधिकृत मनोज लामिछानेको अनुसार चालु आवमा आवास निर्माणका लागि छनोट प्रक्रिया हुने र आउँदो आर्थिक वर्षमा सम्पन्न हुने बताइएको छ ।

कार्यालयद्वारा जारी सूचनाअनुसार कागजपत्रलगायतका सही विवरण पेश गर्नेलाई मात्र आवास निर्माण गर्ने बताइएको छ । उता लक्षित भूमिहीनलाई जग्गाको व्यवस्था भएमात्र आवास निर्माण गरिदिने जनाइएको । यस कार्यक्रमले मकवानपुरका अति लोपोन्मुख वनकरिया, चेपाङलगायतका जाति उत्साहित भएका छन् ।

यसैबीच, वाग्मती प्रदेश सरकारले प्रदेशमा ४७ वटा प्रहरीचौकी निर्माण गर्न लागेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत आवदेखि शुरु गरेको निर्माण कार्यमा सात वटा भवन निर्माण भइसकेको जनाएको छ ।

बाँकी निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको र छिटो निर्माण सम्पन्न गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । यस निर्माणले प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन कायम गर्ने कार्यमा सहयोग र्पुयाउने मन्त्रालयले जनाएको छ । रासस

वि.सं.२०७६ फागुन १४ बुधवार ०७:५४ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....