back
NMB ad

प्राइम बैंक र कैलाश विकास बैंकले मर्जरको अनुमति पाए

Kumari bank ad

काठमाडौं ।  प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अनुमति पाएका छन । दुवै बैंकले पुस ३ गते मर्जरका लागि सम्झौता गरेका थिए।

मर्जरको सम्झौतासँगै दुवै बैंकले गत पुस २५ गते वार्षिक साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरिसेकेका छन्। प्रामइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत शेयर अनुपातमा प्राप्ति गर्ने भएको हो ।

हाल प्राइमको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ । त्यस्तै कैलाशको दुई अर्ब ९२ करोड रुपैयाँ छ । स्वाप रेसियोपछि कैलाश विकास बैंकको दुई अर्ब ७४ करोड रुपैयाँ प्राइमकोमा थपिनेछ । मर्जरपछि प्राइमको चुक्ता पुँजी १३ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

स्वाप रेसियोपछि उब्रिएको पुँजी १७ करोड ५४ लाख रूपैयाँ प्राइमको जगेडामा जोडिने छ । मर्जरपछि प्राइमको कर्जा लगानी एक खर्ब २८ अर्ब रुपैयाँ पुग्नेछ भने निक्षेप संकलन एक खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ। त्यस्तै शाखा सञ्जाल २०० नाघ्नेछ ।

नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृत पाएसँगै संयुक्त कारोबार केहि समयपछि सुरु हुने बैंकले जनाएको छ ।

वि.सं.२०७६ फागुन १४ बुधवार ११:०० मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...