तेस्रो घण्टामा ४६.३६ अंकले बढ्यो नेप्से, ३ अर्ब ३२ करोड कारोबार

काठमाडौं । बुधवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ४६ दशमलव ३६ अंकले बढेर १ हजार ५९१ दशमलव ५५ विन्दुमा पुगेको छ । १ हजार ५४७ दशमलव २१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा ३ प्रतिशत बढेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक बाहेक बाँकी ११ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । तेस्रो घण्टाको कारोबारमा १७९ ओटा कम्पनीको रू. ३ अर्ब ३२ करोड बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक मूल्य रू. १ हजार ४९२ मा कारोबार भइरहेको छ । कारोबार रकमकै आधारमा दोस्रोमा नेपाल बैंकको रू. १५ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ३०७ रहेको छ ।

२०७६ फागुुण १४ गते १४:०५ मा प्रकाशित

You can share this post!

बिओके स्मार्टको टपअपमा २५ प्रतिशत नगद फिर्ता योजना

अमेरिकामा हुन लागेको जनगणनामा नेपालहरुको तथ्याङ्क संकलन गर्न प्रचार–प्रसार समिति गठन

Related posts