back
NMB ad

छ सय गाडी भन्सारमा अलपत्र

Kumari bank ad

काठमाडौं । सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय आईपीसी र सुक्खा बन्दरगाह सिर्सियामा लगभग छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन अलपत्र छन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमलकुमार साहले आयातकर्ताले विदेशबाट विलासी कार जिप आयात गरेका तर जाँच पास नगराउँदा ती सवारीसाधन भन्सार याडमा थन्किएको बताउनुभयो ।

छ सय कार जिपमा हुन्डाई, टोयोटा, किया, इसुजुलगायत ब्रान्डका कारको सङ्ख्या उच्च रहेको छ । तेस्रो मुलुकबाट आयात भई आएका विलासी कार जिपको भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिभृद्धि कर तथा सडक सम्भार दस्तुर गरी करिब सवारीसाधनको मूल्यभन्दा झण्डै डेढ सय प्रतिशतसम्म राजस्व तिर्नुपर्ने भएकाले आयातकर्ताले ग्राहक पाएपछि मात्र यस्ता कार जिप छुटाउने गरेको भन्सार अधिकृतको भनाइ छ ।
आयातकर्ताले प्रदर्शनी कक्षमा राखिएका गाडी देखाएर गाडी बुक गर्ने गरेको र सोबापत अग्रिम रकम प्राप्त भएपछि मात्र गाडी छुटाउने प्रक्रिया अगाडि बढाउने गरेका छन् ।

गाडी खरिदमा बैङ्क र वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्न कडाइ गरेकाले पनि विलासी सवारीसाधनको आयातमा निकै कमी आएकोे समाचार आजको गोरखापत्र दैनिकमा कन्हैयालाल केशरीले लेखेका छन् ।

वि.सं.२०७६ फागुन १८ आइतवार ०६:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...