उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने मुख्य प्रस्तावसहित वोमीले डाक्यो एजिएम

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८औं वार्षिक साधारण सभा चैत १६ गते हुने भएको छ ।  कम्पनीले जुगल होटलको सभाहल, धुलिखेलमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभाले शेयरधनीको लागि असार मसान्तसम्म कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१६ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्ने भएको छ ।

साथै, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

सभाको विषेश प्रस्तावमा अन्य कुनै एक वा सोभन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्नेलगायतका सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज हुने भएको छ ।

२०७६ फागुुण १९ गते १०:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबिच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबिच सम्झौता

Related posts