back
NMB ad

एनआईसी एशियाको स्वामित्वमा रहेको सूर्या लाईफको संस्थापक शेयर लिलामीमा

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री हुने भएको छ । बैंकले ४१ हजार ४०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

कम्पनीले सोमवार सूचना प्रकाशित गरी उक्त संस्थापक शेयर लिलामीमा विक्री हुने जानकारी दिएको हो ।उक्त शेयर खरीद इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ११ दिनभित्र बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंकका कर्पोरेट तथा शाखा कार्यालयहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्ने छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लिलामी शेयरमा आवेदन दिनको लागि फागुन १९ गतेदेखि २९ गतेसम्म अवधि तोकिएको छ ।

शेयरको न्यूनतम मूल्य रू. २७५ तोकिएको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७६ फागुन २० मंगलवार ०९:१६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...