शेयर बजार अपडेट : तेस्रो घण्टामा ५६.४३ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब १५ करोड

काठमाडौं । बुधवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ५६ दशमलव ४३ अंकले घटेर १ हजार ४५३ दशमलव २४ विन्दुमा पुगेको छ । १ हजार ५११ दशमलव ४२ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा ३ दशमलव ७४ प्रतिशत घटेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । तेस्रो घण्टाको कारोबारमा १७३ ओटा कम्पनीको रू. २ अर्ब १५ करोड बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १९ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार २५१ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा एनआईसी एशिया बैंकको रू. १० करोड ६८ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ५८६ रहेको छ ।

२०७६ फागुुण २१ गते १३:५९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले गर्यो विद्यालयलाई ३ लाख सहयोग

एनआइसी एशिया बैंकले गर्यो विद्यालयलाई ३ लाख सहयोग

Related posts