back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको युवा लक्षित कार्यक्रम

Kumari bank ad

वीरगन्ज । युवा वर्गको लागि गर्नुपर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको तेस्रो चरणको कार्यक्रम प्रदेश २ का लागि सुरुवात गरेको छ ।

फाइनान्सियल ट्रेनिङ सेन्टरका रूपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको यस एकेडेमीबाट युवावर्गलगायत सबैले लाभ लिन सक्नेछन् । एकेडेमीले २१ बाट ३० फागुनसम्म निःशुल्क आवेदन दिन सक्नेगरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तीनदिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा आगामी ७ देखि ९ चैतसम्म वीरगन्जमा सञ्चालन गर्दै छ ।

प्रदेश २ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीलाई लक्षित गरी आवेदन आह्वान गरिएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीले यसबाट भरपुर लाभ लिन सक्ने बंैकले जनाएको छ ।

कार्यक्रममा उपस्थित सबैलाई राष्ट्रिय वाणिज्य बैंक, प्रदेश २ का प्रमुख विश्व प्रकाश ज्ञवालीले स्वागत गरी युवा लक्षित ट्रेनिङ आफ्नो प्रदेशमा पनि गर्न लागेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराजले ५५ वर्षको गर्भिलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गको वृति विकासका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले हाम्रो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम सञ्चालन गरिएको बताए ।

वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन ठूलै शिक्षित जमात लालायित भइरहेको परिप्रेक्षमा, रोजगारोन्मुख यस्ता किसिमका तालिमले युवकको वृत्ति विकासमा सहयोग गर्नेमा उनले जोड दिए ।

आवेदकमध्ये निश्चित क्राइटेरियाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालिममा सहभागी गराई पेड इन्टर्न्सिपमा निश्चत अवधिको लागि राख्नेछ ।
सम्भवतः नेपालमै पहिलोपटक बैंकले निःशुल्क रूपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिम निकट भविष्यमै बाँकी प्रदेशमा पनि सञ्चालन गरिने र प्रदेश १ र ३ मा सम्पन्न भई तालिम लिएका हाल बैंकमा इन्टर्नका रूपमा आबद्ध हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १२:०७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...