back
NMB ad

गम्भीर दुराचारको आरोपमा कांग्रेसका सात सांसद निलम्बित !

Kumari bank ad

नयाँदिल्ली । भारतको लोकसभाबाट भारतीय राष्ट्रिय कांग्रेसका सातजना सांसदलाई निलम्बन गरिएको छ ।  उनीहरुलाई सभामुख ओम बिरलाले बिहीबार ’गम्भीर दुराचारको आरोप’ मा निलम्बन गरिएको हो ।

विपक्षी पार्टीका सांसदहरुले बिहीबारको संसदमा दिल्ली दंगाका विषयमा संसदमा विरोध गरेका थिए । निलम्बन हुनेमा गौरव गोगोई, टीएन प्राथापन, डियन कुरियाकोसी, आर उन्नीथान, मनिक्काम टयगोर, बेनी बेहनान र गुरजित सिंह अउजलालाई लोकसभाका सभामुखले निलम्बन गरेको भारतीय सञ्चारमाध्यम डीएनए इन्डियाले जनाएको छ । उनीहरुलाई लोकसभामा बजेट सेसनका क्रममा संसदमा उपस्थित नहुन निर्देशन दिइएको छ ।

विपक्षी दलका सांसदहरुले निरन्तर चार दिनदेखि दिल्ली हिंसाको कडा विरोध तथा नाराबाजी गरेका थिए । उनीहरुले लोकसभामा नाराबाजी गर्नुका साथै गृहमन्त्री अमित शाहको राजीनामा माग गर्दै प्लाकार्ड देखाएका थिए ।

विपक्षी दलका सांसदहरुले संसदमा दिल्ली हिंसाको विषयमा छलफलका लागि ’रुलिङ’ गर्न आग्रह गरेका थिए । तर, सरकारले भने होलीपछि मात्रै उक्त विषयमा छलफल गर्ने बताउँदै आएको थियो ।

सांसद निलम्बनको घटनाप्रति टिप्पणी गर्दै कांग्रेसका लोकसभाका नेता अधिर रञ्जनसिंह चौधरीले भने, “के यो तानाशाह हो ? यसको अर्थ सरकार ३म्भजिष्खष्यभिलअभ का विषयमा छलफल गर्न नचाहनु शंकास्पद छ ।“ भारतको नागरिकता संशोधन कानुनको विरोधका क्रममा भड्किएको दिल्ली हिंसामा ५० जनाको मृत्यु भएको थियो । डीएनए इन्डिया

वि.सं.२०७६ फागुन २२ बिहीवार १७:०३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...