back
NMB ad

महिला सहभागिता सुनिश्चित गर्नुपर्छ : मन्त्री भट्टराई

Kumari bank ad

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितताका लागि सबै राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

एक सय १०औँ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ महिला समितिद्वारा आज यहाँ आयोजित ‘महिला पत्रकार सांस्कृतिक महोत्सव’ कार्यक्रममा उहाँले मुलुकको सबैखाले परिवर्तनकारी आन्दोलनमा महिलाको सक्रिय योगदान रहेको भन्दै स्थानीय तहदेखि सङ्घीय शासन प्रणालीसम्म महिला नेतृत्व स्थापित गर्न पहलकदमी हुनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक र आर्थिक परिवर्तनसँगै विभेद र असमानता पनि क्रमशः कम हुँदै गइरहेको उल्लेख गर्दै पर्यटनमन्त्री भट्टराईले भन्नुभयो, “महिला अधिकारको संवैधानिक सुनिश्चिता भएको छ । नेपालको संविधान लोकतान्त्रिक मात्र नभई समावेशी सिद्धान्तको हिसाबले उत्कृष्ट संविधान बनेको छ ।”

फरक प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य भट्टराईले पार्टी नेतृत्वलाई कमजोर तुल्याउन जबर्जस्त नकारात्मक प्रवृत्ति देखापरेको भन्दै चिन्ता व्यक्त व्यक्त गर्नुभयो । उहाँले काल्पनिक कथा रचेर मुलुकको नेतृत्वलाई कमजोर पार्ने खेलले अति दक्षिणपन्थी सोचयुक्त अवस्थामा पुनः धकेल्ने खतरा औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सामाजिक सञ्जाल या सञ्चारमाध्यममा पार्टी नेतृत्वमाथि विभिन्न किसिमको प्रचारबाजी भइरहेको छ, राजनीतिभित्र सङ्घर्ष हुन्छ नै, देशमा ७० वर्षभन्दा बढी राजनीति गरेर नेतृत्व दिइसकेका नेकपा र काँग्रेसजस्ता ठूला राजनीतिक शक्तिमाथि नै धावा बोल्ने गरी केही भीडबाट उठेका व्यक्ति सल्बलाउँदैछन्, भीडमा देखिएका अराजकतालाई चिर्न सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।”

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न सरकार र सरोकारवालालाई खबरदारी गर्न सञ्चारमाध्यमले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हिजो चुनौतीपूर्ण अवस्थामा पनि महिला पत्रकारले आफूलाई सशक्तरूपमा प्रस्तुत गरेर आजको परिवर्तन आएको हो ।महिला पत्रकार सिङ्गो महिला आन्दोलन पनि भएकाले राष्ट्रहित र जनहितको पक्षमा निरन्तर कलम चलाउन जरुरी छ ।” कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता जगत्मा महिला सहभागिता अभिवृद्धिका लागि महासङ्घले विभिन्न भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

जनगायक जेबी टुहुरे, जीवन शर्मा तथा चर्चित कलाकार चेतन सापकोटा, धीरज राई, सीता आचार्यलगायतका कलाकारले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।

सोही कार्यक्रममा पत्रकारिता क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान गर्ने महिला पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वमहाप्रबन्धक निर्मला आचार्य, गोरखापत्र संस्थानका प्रबन्ध सम्पादक हरिकला अधिकारी, सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मालगायतलाई सम्मान गरिएको थियो ।

त्यसैगरी फोटो पत्रकारितामा योगदान दिएवापत महिला पत्रकार राससका चन्द्रकला क्षेत्रीलगायत पत्रकार सम्मानित हुनुभयो भने सगरमाथा आरोहण गर्ने महिला पत्रकार राससकै रोशा बस्नेत, पत्रकार कल्पना महर्जनलगायतलाई पनि सम्मान गरिएको थियो । रासस

वि.सं.२०७६ फागुन २२ बिहीवार १८:५४ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...