ठ्याक्कै हिटलरको अनुहार जस्तो पुमा ब्रान्डले ल्याएको नयाँ जुत्ता !

काठमाडौं । पुमा ब्रान्डले ल्याएको एक स्पोर्ट्स जुत्ताको आकार हिटलरको जस्तो भएको भनी सामाजिक सञ्जालमा अहिले चर्चा चलिरहेको छ ।

स्टोर्म एड्रेनलिन नामक जुत्ताको नाम समेत हिटलरको कुख्यात स्टोर्म ट्रूपर्ससँग मिल्छ । हुन त यो तुलना अलिक हावादारी जस्तो लाग्छ तर पुमाका संस्थापक रुडोल्फ डास्लर नाजी पार्टीका सदस्य थिए ।

अनि जुत्ताको आकार हेर्दा पनि हिटलरको कपाल र जुँगासँग मिल्छ । केही अन्यले चाहिँ जुत्ताको आकार रुसी लेखक निकोलाइ गोगोलसँग मिल्ने बताइरहेका छन् ।

हिटलरको अनुहार जस्तो भने पनि पुमाको जुत्तालाई बजारबाट हटाइएको छैन किनकि जुत्ता विभिन्न रंग र डिजाइनमा ल्याइएको छ । एजेन्सी

२०७६ फागुुण २३ गते १६:५६ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार : हिँडडुल गराउन थालियो (अस्पतालको विज्ञप्तीसहित)

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार : हिँडडुल गराउन थालियो (अस्पतालको विज्ञप्तीसहित)

Related posts