back
NMB ad

भीमफेदी-कुलेखानी सुरुङ मार्गको ‘टेण्डर’ प्रक्रियाकाे तयारी, वैशाख पहिलो हप्तासम्म बोलपत्र आह्वान गरिसक्ने

Kumari bank ad

काठमाडौं । वाग्मती प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको अध्ययन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

सुरुङ निर्माणका लागि गर्नुपर्ने विभिन्न पाँचवटा सर्वे लगभग सकिएको इन्जिनीयरिङ भूगर्भशास्त्री ईश्वर दाहालले जानकारी दिए । भूगर्भीय हिसाबमा सुरुङ निर्माणका लागि उक्त क्षेत्र अत्यन्त उपयुक्त रहेको पाइएको उनको भनाइ छ । अध्ययनका क्रममा विभिन्न स्थानबाट जमीनको ५० मिटरभित्रसम्म छेडेर त्यहाँको माटो तथा ढुङ्गाहरु निकालेर त्यसको अध्ययन गरिएको भूगर्भशास्त्री दाहालले जानकारी दिए ।

मार्गको निर्माणमा आफूहरु हरतरहले लागेको र तोकिएको समय सीमाभित्र नै बोलपत्र आह्वान गरिने यातायात पूर्वाधार महाशाखा प्रमुख सहदेव भण्डारी बताए । उनका अनुसार हाल सुरुङमार्गको सर्वे र डिजाइनका लागि ४५ जना प्राविधिकले अहोरात्र काम गरिरहेका छन् ।

हाल डिजाइनमा १०, माटो परीक्षणमा २०, टोपोग्राफी, जियोफिजिकल र ड्रोन सर्वेका लागि पाँच–पाँच गरी कूल ४५ जना प्राविधिक निर्माणस्थलमा खटिएको उनले बताए ।

अध्ययनमा खटिएका कतिपय प्राविधिकले टेन्ट गाडेर सोही स्थानमा बास बसेर भए पनि छिटोछिटो काम गरिरहेको उनको भनाइ छ । मार्गको टोपोग्राफी सर्वे, ड्रोन सर्वे, भूगर्भीय नक्साङ्कनलगायत सर्वेका चरणहरु गरिएको र केही दिनमा प्रतिवेदन आउने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

वैशाखको पहिलो हप्तासम्म विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर वैशाख महिनाभित्र बोलपत्र आह्वान गरिसक्ने मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेशको राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा मेरुदण्डको काम गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले बताए ।

पौडेलका अनुसार प्रस्तावित सुरुङमार्गको निर्माणपछि नेपालले दीर्घकालीन विकासको लय समात्न सक्छ । अर्थिक विकाससँगै थुप्रै रणनीतिक महत्वका साथै काठमाडौँ केन्द्रित जनसङ्ख्यालाई विकेन्द्रीकृत गर्नसमेत सफल हुने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको उनले बताए ।

प्राविधिक तयारी सकिएको र हाल भीमफेदीदेखि सिस्नेरीसम्म साढे तीन किलोमिटर सुरुङ खनिने तथा हेटौँडा–भीमफेदी सडक र सिस्नेरी–काठमाडौँलाई फराकिलो बनाइने योजना रहेको मुख्यमन्त्री पौडेलले बताए ।

सुरुङमार्ग निर्माणपछि हेटौँडा–काठमाडौँको जोखिमपूर्ण र लामोे यात्रा समय घटेर एक घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौँसम्मको यात्रा अवधि घटाउने तथा आर्थिक बचतसमेत गराउने उनको विश्वास छ ।

सुरुङ राजमार्गले हेटौँडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ ।

भारतबाट हाल अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरुङमार्ग हुँदै काठमाडौँ पु¥याउने योजना पनि सुरुङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने योजना रहेकाले यो बहुआयामिक र महत्वकाङ्क्षी योजना बन्न पुगेको मुख्यमन्त्री पौडेल बताए ।

पाइपलाइनले पनि देशको ठूलो ढुवानी खर्च बचत गर्ने उनको भनाइ छ । सुरुङमार्गको निर्माणपछि नेपाललाई धेरै कुरामा फाइदा पुग्नेछ । उक्त मार्गको सञ्चालनपछि देशको इन्धन र स्पेयर पाट्र्समार्फत खर्च हुने वार्षिक एक अर्बभन्दा बढी रकम बचत हुने, समय, ऊर्जा र यात्राको अवधिसमेत बचत हुने तथा सडक मर्मत लागतमा कटौती हुने, राजधानी शहर काठमाडौँको जनघनत्व विस्तार भई सन्तुलन कायम हुने ।

काठमाडौँका उद्योगधन्दामा कम ढुवानीमा कच्चापदार्थ पु¥याउन सकिने हुँदा उत्पादन लागत कम हुनेलगायत थुप्रै फाइदा हुने गर्दछ । यसैबीच सुरुङमार्ग निर्माणस्थलको अवलोकनका क्रममा भीमफेदी पुग्नुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज सुरुङमार्ग निर्माणस्थलको अवलोकन र अध्ययन कार्यको अनुगमन गरेका थिए ।

मन्त्री फुयाँलले मार्गको दक्षिणतर्फको प्रवेशद्वार भीमफेदीको कोलडाँडा नजिक पुगेर अध्ययन गरिरहेका प्रविधिक टोलीसँग अध्ययनका क्रममा प्राप्त उपलब्धि, प्रभावकारिता र सम्भाव्यताबारे जानकारी लिए ।

सो अवसरमा प्राविधिक टोलीका इन्जिनीयरिङ भूगर्भशास्त्री ईश्वर दाहाल, यातायात पूर्वाधार महाशाखा प्रमुख सहदेव भण्डारीलगायत प्राविधिकले मन्त्री फुयाँललाई सुरुङमार्गको प्राविधिक अध्ययनका क्रममा प्राप्त नतिजालगायत बारेमा जानकारी गराएका थिए ।

प्राविधिकले हाललाई १२ मिटर चौडाइको दुईतर्फी यातायात सञ्चालनका लागि सहज हुने खालको एउटा र नजिकै पाँच मिटर चौडाइको एकतर्फी यातायात सञ्चालन गर्न मिल्ने अर्को सुरुङमार्ग निर्माण गरिने जानकारी गराएका थिए ।

प्राविधिकका अनुसार दुईवटै सुरुङमार्गलाई मध्यभागमा जोड्ने दुईवटा तेर्सो सुरुङ पनि निर्माण गरिनेछ । दुर्घटनालगायत कारणबाट अवरुद्ध भएको खण्डमा विकल्पका रुपमा प्रयोग गर्न तथा आपत्कालीन अवस्थामा प्रयोगमा ल्याउन तेर्सो सुरुङ आवश्यक पर्ने प्राविधिकको भनाइ छ ।

निरीक्षणका क्रममा मन्त्री फुयाँलले वाग्मती प्रदेश सरकारले आगामी वैशाखभित्रै सुरुङमार्गको बोलपत्र आह्वान गर्नेगरी काम अगाडि बढाइएको बताए ।

उनले मुख्यमन्त्री डोरमणि पौडेलको सबैभन्दा महत्वकाङ्क्षी र प्रदेशको गौरवको आयोजनासमेत भएकाले कुनै पनि हालतमा सुरुङमार्ग बनिनेमा ढुक्क हुन आग्रह गरे ।

हिमाल, पहाड र तराईलाई जोड्ने सबैभन्दा महत्वपूर्ण मार्गका रुपमा यसलाई निर्माण गरिने उनको भनाइ छ । केन्द्र सरकारसमेत सुरुङ निर्माणको पक्षमा रहेकाले यो सफल हुने उनले बताए ।

उनले बल्खु हुँदै हेटौँडा पुग्ने हाल सञ्चालन भइरहेको मदन भण्डारी राजमार्गको स्तरोन्नतिको काम भइरहेको र उक्त काम सकिएपछि दुई घण्टामै काठमाडौँ–हेटौँडा आउजाउ गर्न सकिने पनि जानकारी दिए । रासस

वि.सं.२०७६ फागुन २४ शनिवार १५:१३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...