back
NMB ad

सातामा शेयर बजार : अल्पकालीन नाफा कमाउने प्रवृत्ति हावी हुँदा बजारले नकारात्मक लय समात्यो

Kumari bank ad

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय ग¥यो ।

यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुप¥यो । यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्तासमेत मर्कामा समेत परे ।

साताको पहिलो दिनदेखि नै ओरोलो लागेको बजार अन्तिम दिनसमेत ओरोलो नै लागेर बन्द भयो । बजारमा अल्पकालीन नाफा कमाउने प्रवृत्ति हावी हुँदा बजारले नकारात्मक लय समात्न पुग्यो ।

साताभर कूल १८१ कम्पनीको कूल तीन करोड १६ लाख ५५ हजार ५८३ कित्ता शेयर रु १३ अर्ब ७६ करोड बराबरको कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से ४०.८२ अङ्कले घटेर एक हजार ५९१.३६ मा पुग्यो ।

सो दिन कूल १८३ कम्पनीका एक करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर रु चार अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ मा खरिद बिक्री भयो ।

यस साता सोमबार भने नेप्सेमा नकारात्मक सर्किट नै लाग्न पुग्यो । सोही कारण त्यस दिनको कारोवार नै स्थगित भयो । नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि त्यस दिनको कारोवार स्थगित भयो ।

नेप्सेका अनुसार त्यस दिन दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको थियो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले झरेको थियो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो ।

त्यस दिन कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर रु दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोवार भएको थियो ।

यस्तै मङ्गलबार नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा कारोवार केही समय स्थगित भयो । सो दिन भने कूल १८१ कम्पनीको ८२ लाख ११ हजार २८९ कित्ता शेयर रु तीन अर्ब ८५ करोड १६ लाख २२ हजार ९९६ मूल्यमा खरिद बिक्री भए ।

बुधबारसमेत नेप्से परिसूचकमा भारी गिरावट आयो । त्यस दिन नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुग्यो । त्यस दिन कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर रु दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भए । यस्तै बिहीबार पनि नेप्से परिसूचक आज पनि ओरालो लाग्यो ।

नेप्से ओरोलो लागे पनि कारोवार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको थियो । कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर रु दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरिद बिक्री भए ।

वि.सं.२०७६ फागुन २४ शनिवार १६:१८ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...