back
NMB ad

७ कम्पनीको ३ करोड ५९ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । पछिल्लो समय शेयर बजार सुधारोन्मुख देखिएको छ । यसैक्रममा गत साता मात्र बजारमा ३ करोड ५९ लाख ७ हजार ९७ कित्ता शेयर पाइएको छ ।

यो साता सेयर बजारमा ७ वटा कम्पनीमध्ये एउटा कम्पनीको हकप्रद र बाँकी कम्पनीको बोसन सेयर सूचिकृत भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

जस अनुसार एनएमबि लघुवित्त वित्तीय संस्थाको २४ लाख ३० हजार ९३ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । त्यसका साथै बाँकी अन्य ६ कम्पनीको बोनस शेयर सुचिकृत भएको नेप्सेल जनाएको छ । त्यसरी वोनस शेयर सुचिकृत हुेनमा ३ वटा वाणिज्य बैंक, २ वटा विसका बैंक र एउटा वित्तीय संस्था रहेका छन् ।

जसमध्ये सिद्धार्थ बैंकको ९० लाख १ हजार ६२६ कित्ता, नबिल बैंकको १ करोड ८ लाख ५६ हजार ५२० कित्ता, लक्ष्मी बैंकको ८९ लाख २० हजार ५०८ कित्ता, ज्योती विकास बैंकको ३९ लाख ५२ हजार ५४९ कित्ता शेयर सुचिकृत रहेका छन् ।

त्यसका साथसाथै कन्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३०० र सबैको लघुवित्त वित्तीय संस्थाको २ लाख १४ हजार ५०० कित्ता बोनस शेयर सुचिकृत भएकोे छ ।

दुई दिन शेयर बजार बन्द हुने

यसैविच, लगातार सार्वजनिक बिदा परेपछि दुई दिन शेयर बजार बन्द हुने भएको छ । (फागुन २५गते आज) आइतवार अन्तरराष्ट्रिय नारी दिवस र सोमवार फागु पुर्णिमा परेकाले यो साता तीन कारोबार दिनमात्र शेयर कारोबार हुने नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले बताएको छ । अव नेप्सेमा मंगलवारदेखि मात्रै शेयर कारोबार हुनेछ ।

वि.सं.२०७६ फागुन २५ आइतवार १३:२९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...