back
NMB ad

अस्ट्रेलियामा नेपाली युवालाई देखियो कोरोना पोजेटिभ

Kumari bank ad

काठमाडौं । नेपालबाट सिंगापुर टान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ ।

सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन सक्ने प्रारम्भिक आशंका छ ।

अस्ट्रेलिया पुग्नासाथ स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुगेका नेपाली विद्यार्थीलाई चिकित्सकले घरमै आइसोलेसनमा बस्न आग्रह गरे पनि अटेर गरेको सूचना नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

त्यसबीचमा उनले रेस्टुरेन्टमा काम गर्दै आएका थिए । तर, स्वास्थ्य धेरै खराब भएपछि उनी फेरि अस्पताल पुगेका थिए । हाल आइसोलेसन वार्डमा राखिएका उनको व्यक्तिगत विवरण दूतावासबाट नआएको परराष्ट्र मन्त्रालयका सम्बन्धित डेस्क हेर्ने एक अधिकृतले बताए । उनले भने, ‘हामीले नेपाली दूतावाससँग ती व्यक्तिको विस्तृत विवरण मागेका छौँ, हामीले मागेको विवरण प्राप्त भएपछि मात्रै विस्तृत भन्न सक्छौँ ।’

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले पनि संक्रमित व्यक्तिको पहिचान खुलिनसकेको बताए । ती व्यक्ति नेपालमा कहाँ बसेको थिए र को को संग सम्पर्कमा थिए भन्ने खोजी भइरहेको र विश्व स्वास्थय संगठनले उनका बारेमा जानकारी लिन थालेको पनि कोइरालाले बताए । ती युवा सिड्नी हुँदै होबार्ट भन्ने ठाउँमा पुगेका छन । यो मेनल्याण्ड अस्टेलियाबाट २४० किलोमिटर दक्षिणमा छ ।

त्यहाँका पब्लिक हेल्थ सर्भिससम्बन्धी निर्देशक मार्क भेइटेकले अस्टेलियाको एबीसी अनलाइनमा भनेका छन, यी व्यक्ति सिंगापुर र सिड्नी हुँदै आइपुगेका छन । यहाँ आएको भोलिपल्टबाट उनलाई रुघाजस्तो लक्षण देखिए पनि उनले काम गरिरहे र कलेज पनि गइरहेको सूचना पाएका छौँ । संक्रमित नेपाली युवाले होबार्टको ग्रान्ड चान्सलर होटल तथा होठलको रेस्टुरेन्ट तासमानमा काम गर्ने गरेको पनि निर्देशक मार्कको भनाई छ ।

उनले १७ र १८फागुनमा होटलमा साँझ पाँचबजदेखि ११ बजेसम्म काम गरेको रेकर्ड देखिएको छ । होटलले ती नेपालीसँग सम्पर्क भएक स्टाफ र विद्यार्थीसँग सम्पर्क गरेको छ । ती व्यक्ति २३ फागुनमा कार्गो रेस्टेरेन्ट एण्ड ओ बारमा राती १० बजेदेखि विहान २ बजेसम्म रहेको पनि समाचारमा उल्लेख छ । उनी छोटो समय पार्लियामेन्ट लावन्जमा रहेको पनि उल्लेख छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७६ फागुन २६ सोमवार ०६:३४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...