back
NMB ad

नाबालकले साढे १० लाख चोरेपछि…

Kumari bank ad

सुर्खेत । १० लाख ५० रुपैयाँ हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले सोमबार ती नाबालकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार किटानी जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको हो । घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली रु १० लाख ५० हजार चोरी गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले ती नाबालकको नाम गोप्य राखेको छ ।

प्रहरी नायब उपरीक्षक रवि रावलले चोरी भएको १२ घण्टाभित्रै शङ्कास्पद बालकलाई गिरफ्तार गरिएको बताए । ’नाबालकको साथबाट रु एक लाख २० हजार बरामद गरेका छौँ’, उनले भने, ’सोधुपछका क्रममा अन्य व्यक्तिकोसमेत संलग्नता रहेको खुलेको छ, अन्य व्यक्तिको खोजी कार्य तीव्र पारेका छौँ।’

यसैबीच सुर्खेत प्रहरीले झण्डै सात ग्राम लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राति १०ः३० बजे वीरेन्द्रनगर –११ सुब्बाकुना चेकपोष्टमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा५ख ५९९४ नम्बरको गाडीको अगाडिको सिसाको तल कालो प्लास्टिकमा बेरेर राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको हो ।

प्रहरीले गाडीमा सवार एक यात्रु, गाडी चालक, सहचालक र गाडीसमेत नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको अन्पूर्ण पोष्ट दैनिकमा समाचार छ ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ०६:३४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...