काठमाडौं । हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । विदेशमा रहेका ३ र विदेशबाट नेपाल भित्रिएका १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यूएईमा रहेका २, अस्ट्रेलियामा रहेका एक र चीनबाट फर्किएका १ नेपालीलाई कोरोना संक्रमण भएको सम्बद्ध अधिकारीहरू बताउँछन् । यूएईमा रहेको स्वास्थ्य मन्त्रालयले सोमवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार २ नेपालीलसहित नयाँ थप १४ जनामा कोरोना संक्रमण भेटिएको राजधानी दैनिकमा खबर छ ।
वि.सं.२०७६ फागुन २७ मंगलवार ०६:३८ मा प्रकाशित