back
NMB ad

ठेकेदार मनोज भेटवालद्वारा आत्मसमर्पण

Kumari bank ad

काठमाडौं । निर्माण क्षेत्रदेखि वित्तीय संस्थासँग ठगीको चक्रब्युह खडा गरी अर्बौं रुपैयाँ कुम्ल्याएर सुइँकुच्चा ठोकेका मनोज भेटवालले अन्ततः आत्मसमर्पण गरेका छन्।

भेटवालले महानगरीय प्रहरी परिसर, टेकुमा आत्मसमर्पण गरेका हुन्। ७५ लाख रुपैयाँ ठगेको भन्दै चन्द्र तामाङले किटानी जाहेरी दिएपछि भेटवाल भारत पुगेका थिए ।

प्रहरीले भारतमा पनि समात्न सक्ने डरले लगातार वासस्थान परिवर्तन गर्ने गरेको प्रहरीस्रोतले जानकारी दियो । ठगी मुद्दामा भेटवाललाई उच्च अदालत पाटनले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

यसअघि पनि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकभित्र भएको करिब १ अर्ब ५० करोड रुपैयाँ घोटालामा पनि भेटवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो । भेटवालले जलेश्वर स्वच्छन्द विल्डर्स नामक निर्माण कम्पनी स्थापना गरेका छन्।

काठमाडौंको पुरानो बसपार्कमा भ्युटावर बनाउने भन्दै काम अलपत्र पारेको यो कम्पनीलाई सरकारले क वर्गमा राखिदिएको छ ।  वि.सं. २०७१ फागुनमा निर्माण जिम्मा लिएको भेटवालको कम्पनीले अहिलेसम्म एक प्रतिशत काम पनि सकेको छैन ।

भ्युटावर बनाउने नाममा साविकको बसपार्कलाई खुलामञ्चमा सारेपछि भेटवालले खुलामञ्चमै सटर बनाई बेचिदिएका थिए । नागरिक प्रदर्शन व्यापक बनेपछि सरकारले त्यहाँका सटरहरु भत्काइदिएको थियो।

विशेषगरी काठमाडौं महानगरपालिकाका कर्मचारीलाई प्रभावमा पारेर सार्वजनिक सम्पत्तिमा रजाइँ गर्न पल्केका भेटवालले पछिल्लो पटक नगरप्रमुख विद्यासुन्दर शाक्य लगायतसँग पनि सुमधुर सम्बन्ध बनाएका थिए । त्यसैले खुलामञ्चमा भेटवालले बनाएको सटर भत्काउन मेयर शाक्यले आनाकानी गरेका थिए।

वि.सं.२०७६ फागुन २७ मंगलवार १०:५३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...