इटालीमा संकटकाल, ६ करोड सर्वसाधारण ‘लक डाउन’मा

रोम– चीनपछि सबैभन्दा बढी सर्वसाधारणमा नोवेल कोरोनाभाइरसबाट संक्रमित भएपछि युरोपेली मुलुक इटलीले देशभर संकटकाल घोषणा गर्दै सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ ।

इटालीको सरकारले अत्यावश्यक काम परेको खण्डमा बाहेक घरबाहिर ननिस्किन सर्वसाधारणलाई भनेको छ । यसअघि बढी प्रभावित उत्तरी इलाकामा मात्र सीमित प्रतिबन्ध मंगलबारबाट देशभर लागू गरिएको छ ।

सोमबार राति इटालीका प्रधानमन्त्री जिउजेप्पे कोन्टेले इटलीमा कोरोनाबाट मर्नेको संख्या ४६३ पुगेको जानकारी गराए ।

प्रधानमन्त्री कोन्टेले सबैभन्दा बढी जोखिममा रहेका सर्वसाधारणको सुरक्षाका लागि यो कदम चाल्नुपरेको बताएका छन् ।

२०७६ फागुुण २७ गते १७:४४ मा प्रकाशित

You can share this post!

यसरी बनाइँदै छ ‘कर्णाली’ मा पिच रोड

यसरी बनाइँदै छ ‘कर्णाली’ मा पिच रोड

Related posts