सुनचाँदीको भाउ घट्यो

काठमाडौं । सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ ।

छापावाला सुनको मूल्य घटेर ८१ हजार ५०० रुपैयाँमा झरेको छ । हिजो बुधबार छापावाला सुनको भाउ प्रतितोला ८२ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि ८०० रुपैयाँले नै घटेर ८१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ प्रतितोला ८२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ८ सय ८० रुपैयाँ रहेको थियो ।

२०७६ फागुुण २९ गते ११:३५ मा प्रकाशित

You can share this post!

सेन्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सेन्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Related posts