back
NMB ad

कोरोनाका कारण शेयर बजार ओरालो लागेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ

Kumari bank ad

काठमाडौं । कोरोनाका कारण शेयर बजार ओरालो लागेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनु भएको छ । सेयर खरिद गरिने कम्पनीको अवस्था र सरकारको नीति निर्देशन कस्तो आउँछ भनेर विचार विश्लेष्ण गरेर सेयर किन्नु पर्ने भन्दै अर्थमन्त्री खतिवडाले नियमनलाई बजारको सिद्धान्त अनुसार, धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक, पारदर्शी र कानून ल्याउदै नियामक निकायको भूमिकालाई बलियो बनाउने समेत बताउनुभएको छ ।

अबका दिनमा सानो पुँजी भएकाहरु पनि लाखौं सम्पत्तिका मालिक बन्न सक्ने पनि उहाँको भनाइ छ । आज प्रतिनिधिसभाको बैठकमा धितोपत्र ऐनको संसोधन विधेयकमा सांसद्हरुले उठाएको सैद्दान्तिक प्रश्नको जवाफ दिदै खतिवडाले नेपालीहरुसँग थोरै पुँजी भएपनि कुनै न कुनै माध्यमबाट सम्पत्तिको मालिक बन्न सक्ने व्यवस्था गरिएको बताउनुभएको हो ।

उक्त विधेयकमा साना लगानीकर्ता तथा पुँजी भएकाहरुलाई पनि उचित लगानीको प्रवन्द्द गरी र कुनै कुनै माध्यमको प्रयोग गरी मालिक बन्न सक्ने व्यवस्था गरेको बताउनुभएको छ ।

अर्थमन्त्री खतिवडाले भन्नुभयो ‘केही समय अघिदेखि जलविद्युतका क्षेत्रमा हजारौको संख्यामा सेयर सहभागिता हुदैँ आएको छ’ त्यहाँ थोरै आयस्तर भएका व्यक्तिले पनि सेयर किन्ने व्यवस्था गरिएको छ,लघुवित्तसस्थाबाटै कर्जा लिएर भएपनि सेयर किन्न सकिने व्यवस्था गरिएको छ’।

आफैले ठुलो जोखिम लिन नसक्ने, उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागी हुन्छु भन्ने चाहना राख्नेले साना मझौला बचतकर्ताहरुको लागि पनि पूँजी बजार उपयुक्त माध्यम भएको बताउनुभयो । जोखिम लिन नचाहनेको लागि सामुहिक लगानी कोष आएको भन्दै सेयरको सुनिश्चतता पनि धितोपत्र ऐन र नियमावलीमा व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १५:११ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:१६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५८

फुङ्लिङ (ताप्लेजुङ), ६ वैशाख : ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र...

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...