back
NMB ad

सेयर कारोबार अवधि लम्बियो,अब दैनिक ५ घण्टा कारोबार हुने

Kumari bank ad

काठमाडौं । विगत लामो समयदेखि दोश्रो बजारमा सेयर कारोबार अवधि कम भएकोले समय थप्नुपर्ने लगानीकर्ताहरुको मागको सम्बोधन हुने भएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आफु अध्यक्ष भएलगतै एक समारोहमा सम्बोधन गर्दै छिटै समय थप्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा सो प्रतिबद्धता पुरा गर्ने तयारीमा आफु लाग्ने बताउनुभएको थियो । सोहि अनुसार सेयर कारोबार हुने दोश्रो बजारको समय थपिने निर्णय भएको छ । आउँदो आइतबारदेखि कारोबार समय ५ घण्टा बनाउने तयारी भएको छ।

यसअघि ४ घण्टा मात्र रहेको सेयर कारोबारको समय आइतबारदेखि एकघण्टा थपेर ५ घण्टा बनाइने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बताउनुभएको छ । कारोबार एकघण्टा थप्ने विषयमा बोर्डले अध्ययन गरेर बताउन भनी नेप्सेलाई निर्देशन दिएकोमा नेप्सेले समेत सकारात्मक प्रतिक्रिया दिएपछि अवधि बढाउने निश्चित भएको हो ।

सम्पूर्ण तयारी पुरा भएको र आउँदो आइतबार देखि बिहान १०ः३० बजे कारोबार शुरु भई ३ः३० मा कारोबार बन्द हुने उहाँले बताउनुभयो ।

हाल दोश्रो बजारमा सेयरको कारोबार अवधि प्रत्येक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि कारोबार खुलेर दिउँसो ३ बजे बन्द हुने गरेको छ । यसरी हाल ४ घण्टामा सीमित कारोबार अवधि एकघण्टा बढेर अब ५ घण्टा हुनेछ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार ११:३८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...