back
NMB ad

अब स्टक एक्सचेन्जमा साँझ ४ बजेसम्म सेयर कारोबार

Kumari bank ad

काठमाडौं– धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा सेयर किनबेच हुने समय थप भएको छ । स्टकले आइतबारदेखि परीक्षणका लागि भन्दै सेयर कारोबार अवधि दैनिक एकघन्टा थपेको हो ।

अब दोस्रो बजारमा दैनिक पाँच घन्टा सेयर किनबेच हुने स्टक एक्सचेन्जले जानकारी गराएको छ ।

स्टकका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदका अनुसार विहान ११ बजे सुरु हुने कारोबार ४ बजेसम्म चल्नेछ । यसअघि ११ देखि ३ बजेसम्म सेयर किनबेच हुन्थ्यो । सेयर किनबेच हुने दिन भने आइतबारदेखि बिहीबारसम्म नै कायम छ ।

स्टकले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कारोबार समय थपेको हो । बोर्डले सेयर कारोबार समय थप गर्ने विषयमा अध्ययन गर्न केही दिनअघि स्टकलाई निर्देशन दिएको थियो । बोर्डको निर्देशन अनुसार शुक्रबार बसेको नेप्से सञ्चालक समिति बैठकले परीक्षणका रुपमा कारोबार समय थप गरेको हो ।

परीक्षण अवधिमा अरु बेलाझैं कारोबार भए निरन्तरता दिने निर्णय भएको छ । स्टक एक्सचेन्जले १०ः३० देखि ११ बजेसम्म प्रारम्भिक कारोबार समय हुने, ११ देखि ४ बजेसम्म कारोबार समय हुने र ४ देखि ४ः०५ सम्म अन्तिम कारोबारका लागि भनेर समय तोकेको छ ।

वि.सं.२०७६ चैत २ आइतवार १५:२३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...