back
NMB ad

दुई दिनमा साढे २ लाख सर्जिकल मास्क बरामद, १५ जना पक्राउ

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमणको सन्त्रास विश्वभर फैलिरहेका बेला मास्कको कृत्रिम अभाव सिर्जना गर्ने्विरुद्ध प्रहरीले अपरेसन सुरु गरेको छ।

सर्वसाधारणले मास्कको अभाव बेहोरिहेका बेला कृत्रिम अभाव सिर्जना गरिएको भन्दै प्रहरीले अपरेसन नै सुरु गरेको हो । सो क्रममा प्रहरीले काठमाडौंबाट शनिबार र आइतबार मात्रै करिब साढे २ लाख थान मास्क नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार राजधानीको कपन क्षेत्रबाट ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँमा बिक्री गर्न लाग्दा १ लाख ६० हजार थान मास्क नियन्त्रणमा लिएको हो । सो क्रममा सात जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले प्रहरीले मास्कको कृत्रिम अभाव सिर्जना गर्ने्विरुद्ध अपरेसन सुरु गरेको बताए ।

‘मास्कको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने्विरुद्ध प्रहरीको अपरेसन सुरु भएको छ, यो शृंखला निरन्तर अघि बढ्छ,’ परिसरका प्रमुख सुवेदीले राजधानीसँग भने । उनका अनुसार शनिबार मात्रै प्रहरीले राजधानीकै खुसिबु क्षेत्रबाट ७९ हजार थान मास्कसहित आठ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले खुद्रा औषधि पसल सञ्चालकहरूमार्फत कालोबजारी सिर्जना गर्ने मास्कको कारोबारमा संलग्न ठूला व्यापारीमाथि निगरानी राख्दै आएको छ । प्रहरीले मास्क स्टोर गरिएको स्थानबाट कारोबार गर्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो । सो क्रममा बरामद मास्कको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ ।

प्रहरीले शनिबार पक्राउ परेकाहरूको विवरण खुलाएको भए पनि आइतबार पक्राउ परेकाहरूको भने विवरण खुलाएको छैन । शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन– २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी–९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए ।

उनीहरूविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ ।

वि.सं.२०७६ चैत ३ सोमवार १०:४९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...