काठमाडौं । सोमवार नेप्से कारोबार भएको पहिलो घण्टामा ७ दशमलव २९ अंकले घटेको छ । १ हजार ३१२ दशमलव ६९ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको यस अवधिमा शून्य दशमलव ५६ प्रतिशत घटेर १ हजार ३०५ दशमलव ७५ विन्दुमा पुगेको छ ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार र होटल्स समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
सोमवार पहिलो घण्टाको कारोबारमा १५५ ओटा कम्पनीको ४ हजार ३६३ पटकको कारोबारमा ११ लाख ३८ हजार ४७१ कित्ताको रू. ४७ करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड ९ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार ८३ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा दोस्रोमा एनआईसी एशिया बैंकको रू. ४ करोड ९० लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ५१३ रहेको छ ।
वि.सं.२०७६ चैत ३ सोमवार १२:१० मा प्रकाशित