काठमाडौं । सोमवार नेप्से कारोबार भएको तेस्रो घण्टामा १५ दशमलव १६ अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढावमा रहेको परिसूचक कारोबारको तेस्रो घण्टामा १ दशमलव १५ प्रतिशत बढेर १ हजार ३२८ दशमलव २० विन्दुमा पुगेको छ ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । तेस्रो घण्टाको कारोबारमा १७४ ओटा कम्पनीकोे रू. १ अर्ब २ करोड बराबरको शेयर कारोबार भएको छ ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड ५९ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार १२० मा कारोबार भइरहेको छ ।
वि.सं.२०७६ चैत ३ सोमवार १४:२४ मा प्रकाशित