back
NMB ad

आजदेखि नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा आवेदन दिन सकिने

Kumari bank ad

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा आज (मंगलवार)देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

सोमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत ७ गतेसम्म र ढिलोमा चैत १८ गतेसम्म रहेको छ । आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट र मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष बलियो रहेको देखाउँछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. १० अर्ब पुग्नेछ । कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ५६ छ ।

वि.सं.२०७६ चैत ४ मंगलवार ०९:२९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...