काठमाडौं । सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
वि.सं.२०७६ चैत ४ मंगलवार १०:४३ मा प्रकाशित