back
NMB ad

नेकपा सचिवालय बैठक आज

Kumari bank ad

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि हुने भएका छन ।

फागुन २१ गते मिगौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाइपछि डिस्चार्च भएर विभिन्न कार्यक्रममा सहभागि भइसकेका छन्।  ओली कोरोनाविरुद्ध सार्क राष्ट्र एक भएर लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको भिडियो कन्फरेन्समा पनि करिब २ घण्टा सहभागि भए ।

त्यसैले आजको सचिवालय बैठकमा पनि ओली सहभागि हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ओलीको सल्लाह बमोजिम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । सचिवालय बैठकमा कोरोनाविरुद्ध एक जुट हुन कार्यकर्तालाई निर्देशन दिने सचिवालयका एक सदस्यले बताए। यसअघि फागुन १८ गते सचिवालय बैठक बोलाइएको थियो ।

त्यो बेला ओलीले आफूले दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण नेपालमै गर्ने जानकारी गराएका थिए। नेकपामा एमसीसी अनुमोदन र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नलैजाने भन्ने बारेमा दुई अध्यक्षको मतभेद रहेको छ ।

अध्यक्ष ओली वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित नगर्ने पक्षमा छन् । ओलीले नेकपा सचिवालय बैठकले गरेको निर्णय मान्दिन भनेर सार्वजनिक रुपमा भनेपछि प्रधानमन्त्री ओलीसँग सचिवालय सदस्य रुष्ट बनेका छन्।

सचिवालय सदस्यहरु प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय मान्नै पर्ने बताउँछन्। एमसीसीको बारेमा पनि पार्टी र सरकारबीच विवाद चर्किदै आएको छ ।  सरकार जसरी पनि एमसीसी पास गर्ने पक्षमा रहेको छ भने पार्टीले भने अनुमोदन नगरी एमसीसी पास गर्न नहुने भन्दै विरोध गर्दै आएको छ ।

वि.सं.२०७६ चैत ५ बुधवार ०७:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...