back
NMB ad

गण्डकी प्रदेशमा ७२ ‘नमूना कृषि गाउँ’ बन्ने

Kumari bank ad

काठमाडौं । गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको छ । प्रदेशका ११ वटै जिल्लाका ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको हो । गत वर्ष पनि प्रदेश सरकारले प्रदेशसभाको ३६ निर्वाचन क्षेत्रमा एक/एक ‘नमूना कृषि गाउँ’ छनोट गरेको थियो ।

व्यावसायिक कृषि उत्पादनका माध्यमबाट पाँच वर्ष्भित्रमा आधारभूत खाद्य उत्पादनमा आत्मर्निभर बन्ने लक्ष्यका साथ प्रदेश सरकारले नमूना कृषि गाउँलाई प्राथमिकतामा राखेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले बताए ।

प्राविधिक शिक्षा तथा तालीम परिषद्अन्तर्गत धौलागिरी पोलिटेक्निक इन्स्टिच्युट बाग्लुङले मंगलबार पोखरा–१६ अर्मलामा आयोजना गरेको ३९० घण्टाको बेमौसमी तरकारी खेती तालीमको उद्घाटन गर्दै उनले नमूना कृषि गाउँ कार्यक्रमलाई निर्वाचन क्षेत्र, पालिका तथा वडातहसम्म विस्तार गरेर बढी भन्दा बढी कृषि उत्पादन गर्ने सरकारको नीति रहेको बताए । उनले भने, “व्यावसायिक उत्पादनका लागि कृषकलाई तालीम, प्रविधि हस्तान्तरण र माटो अनुसारको उत्पादनको सम्भावना पहिल्याउँदै कृषकलाई सुविधा प्रदान गर्ने नीति कार्यक्रम सरकारको छ ।”

प्रदेशका ८५ वटै स्थानीय तहमा कृषि उत्पादन ‘ब्लक’ तथा प्रत्येक वडामा ‘पकेट’ क्षेत्र बनाउने गरी सम्भावना, वस्तुगत आवश्यकता तथा जनचासोका आधारमा गाउँ गाउँमा कार्यक्रम लगिने उनले स्पष्ट पारे ।

इन्स्टिच्युटका शिक्षालय प्रमुख बज्रमोहन पौडेलले स्थानीयवासीलाई सीप सिकाउँदै पोख्त बनाउने र अर्गा्निक तरकारी उत्पादन गर्दै आयआर्जनमा सघाउने उद्देश्यले तालीम आयोजना गरिएको जानकारी दिए ।

प्रत्येक दिन छ घण्टाका दरले ६५ दिनसम्म तालीम सञ्चालन हुने र तालीमका अवसरमा कृषकहरुलाई विभिन्न प्रकारका बेमौसमी तरकारी खेती, विषादी परीक्षण, भण्डारण तथा विक्री वितरणका बारेमा ज्ञान दिइने प्रशिक्षक दुर्गाबहादुर गुरुङले बताए । रासस

वि.सं.२०७६ चैत ५ बुधवार १०:०४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...