सिटिजन्स बैंकद्वारा सडक आश्रित मानवमुक्त अभियानलाई सहयोग

काठमाडौं । ‘सम्मान’ नेपालले शुरू गरेको ‘सडक आश्रित मानवमुक्त अभियान नेपाल’लाई सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त अभियानलाई रू. १ लाख सहयोग गरेको बताएको छ ।

सामान्य जीवनयापनका लागि पनि दैनिक मागेर हिँड्नुपर्ने अवस्था पीडादायक हुने बताउँदै बैंकले सम्मानको अभियान सफल बनाउन उक्त सहयोग रकम उपलब्ध गराएको जानकारी दिएको छ ।

२०७६ चैत्र ५ गते १०:०८ मा प्रकाशित

You can share this post!

गण्डकी प्रदेशमा ७२ ‘नमूना कृषि गाउँ’ बन्ने

गण्डकी प्रदेशमा ७२ ‘नमूना कृषि गाउँ’ बन्ने

Related posts