दुई कम्पनीको ७ करोड ९३ लाख बराबरको आईपीओ आउँदै, कुनको कति ?

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएका छन । साधना लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएका हुन् ।

साधना लघुवित्त वित्तीय संस्थाले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।  यस्तै, समाज लघुवित्त वित्तीय संस्थले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

समाजले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेका छन ।

२०७६ चैत्र ५ गते १०:२९ मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकद्वारा सडक आश्रित मानवमुक्त अभियानलाई सहयोग

फेरि बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

Related posts