back
NMB ad

जनउत्थान सामुदायिकको साधारण सभा चैत २७ गते, बोनस र हकप्रदको प्रस्ताव

Kumari bank ad

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाकोे नवौं वार्षिक साधारण सभा चैत २७ गते हुने भएको छ । कम्पनीले होटल न्यू इरा, बुटवल, रुपन्देहीमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीको चैत ४ गते बसेको सञ्चालक समितिको १४९औं बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा हाल कायम चुक्तापूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने रहेको छ ।

सभाको अन्य प्रस्तावमा बोनस शेयर वितरण पश्चात कायम रहने चुक्ता पूँजीको १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने रहेको छ ।

साथै, एक वा एकभन्दा बढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, संस्थाको अधिकृत पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि रहेको छ ।

उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १४ बुक क्लोज गर्ने भएको छ । चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०७६ चैत ५ बुधवार ११:५२ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...