पहिलो घण्टामा ३३.८५ अंकले घट्यो नेप्से

काठमाडौं । बुधवार नेप्से कारोबार भएको पहिलो घण्टामा ३३ दशमलव शून्य ८५ अंकले घटेको छ । १ हजार २७२ दशमलव १० विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो घण्टामा २ दशमलव ६६ प्रतिशत घटेर १ हजार २३८ दशमलव २१ विन्दुमा पुगेको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । बुधवार पहिलो घण्टाको कारोबारमा १३९ ओटा कम्पनीको ३ हजार ९८९ पटकको कारोबारमा ८ लाख ९४ हजार ९५९ कित्ताको रू. ३२ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. ३ करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ४९५ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको रू. २ करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार १८ रहेको छ ।

२०७६ चैत्र ५ गते १२:०४ मा प्रकाशित

You can share this post!

जनउत्थान सामुदायिकको साधारण सभा चैत २७ गते, बोनस र हकप्रदको प्रस्ताव

जनउत्थान सामुदायिकको साधारण सभा चैत २७ गते, बोनस र हकप्रदको प्रस्ताव

Related posts