जनकपुरधाम । घुस लिएको आरोपमा एकजना प्रधानाध्यापक पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहतालाई विद्यार्थीसँग घुस लिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बिहीबारबाट शुरु हुने एसइईमा सहभागी हुने विद्यार्थीले फारम नभरेको र रकम दिए प्रवेशपत्र उपलब्ध गराइदिने भन्दै २ हजार मागेका थिए ।
विद्यार्थीले प्रधानाध्यापकलाई रकम दिँदै गर्दा रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ चैत ५ बुधवार १४:४७ मा प्रकाशित