अपि पावरले निष्कासन गर्न लागेको हकप्रदलाई इक्रा नेपालको ग्रेड ४ रेटिङ

काठमाडौं । अपि पावर कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि इक्रा नेपालमा रेटिङ गराएको हो ।

ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।  कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट फागुन १२ गते स्वीकृति पाएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

२०७६ चैत्र ५ गते १५:१० मा प्रकाशित

You can share this post!

लोकसेवाले भर्खरै जारी गर्यो परीक्षा भवन कायम सम्वन्धी विभिन्न सूचना

लोकसेवाले भर्खरै जारी गर्यो परीक्षा भवन कायम सम्वन्धी विभिन्न सूचना

Related posts