त्रिविका सबै तहका परीक्षा स्थगित

काठमाडौं । चैतमा हुने त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि रोकिएका छन्। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले भोलि बिहीबार हुने भनिएको एसइई परीक्षा रोक्ने निर्णय गरेको थियो ।

सँगै त्रिविका सबै परीक्षा स्थगित गर्ने निर्णय पनि गरिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए। बुधबारै समितिको बैठकले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

सरकारले एसईई परीक्षणलगायत विश्वविद्यालयहरुले लिने परीक्षाहरूसमेत स्थगित गरेको जानकारी उप्रधान तथा समिति संयोजक ईश्वर पोखरेलले दिए ।

समन्वय समितिले सम्पूर्ण तह र क्षेत्रका परीक्षाको स्थगित गर्ने निर्णय गरेपछि शिक्षा मन्त्रालयमा अहिले विभिन्न तहका परीक्षा बोर्डको आकस्मिक बैठक बसिरहेको छ ।

२०७६ चैत्र ५ गते २०:२३ मा प्रकाशित

You can share this post!

मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथमा घरमै नर्सिङ सेवा

मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथमा घरमै नर्सिङ सेवा

Related posts