back
NMB ad

कृषि मन्त्रालयको कार्यदिशा सार्वजनिक : समर्थन मूल्यमा कृषि उपज नबिके सरकारले नै किनिदिने

Kumari bank ad

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बनेको ४ महीनापछि घनश्याम भुसालले कृषिलाई कुन रूपमा लैजाने भन्ने बारेमा कार्यदिशा बनाएका छन् ।

यस अवधिमा मन्त्रालयका नीति र कार्यक्रमबारे खासै प्रतिक्रिया नदिएका उनले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयको आगामी कार्यादिशा सार्वजनिक गरे ।

आफूले गहन अध्ययन गरेपश्चात् कृषि क्षेत्रको दिगो विकासमा योजनाबद्ध तवरले कामको शुरूआत गरेको उनको दाबी छ । किसानले उत्पादन गर्ने मुख्यबाली–वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित बचतको ग्यारेन्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोक्ने र त्यति मूल्यमा किसानको उत्पादन नबिके सरकार आफैले किनिदिने नीति लिन लागेको मन्त्री भुसालले बताए ।

‘किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन्, तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरीद गर्ने व्यवस्था सरकारले गर्नेछ,’ उनले भने ।

कृषिलाई नाफामूलक बनाउन उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छी बीमा, न्यूनतम बचतको ग्यारेन्टीसहित मुख्य ५ नीतिगत आधारमा मन्त्रालयले काम गर्ने बताइएको छ ।

साधनस्रोत र कानूनले बलियो हुँदै गए पनि किसान र कृषि बलियो नभएको मन्त्री भुसालको बुझाइ छ । बलियो सामाजिक–आर्थिक जीवनमा नटेकेको लोकतन्त्र सधै खतरामा रहने भन्दै उनले नेपालको संवैधानिक गणतन्त्रलाई धान्न सक्ने कृषि अर्थतन्त्रको विकास गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

सार्वजनिक गरिएका नीतिगत आधार अनुसार यसअघि सरकारले कृषकलाई उपलब्ध गराउँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानको सट्टामा सबैले सहज रूपमा प्राप्त गर्ने गरी बीउ, मल, सिँचाइ बिजुलीलगायत उत्पादनका मुख्य सामग्रीमा अनुदान केन्द्रित गरी तिनलाई सर्वसुलभ बनाइनेछ ।

हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी गर्नुका साथै स्थानीय तहमा कृषि तथा पशु सेवातर्फका करीब ८ हजार प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी अहिले रिक्त करीब ६ हजार दरबन्दीमा अविलम्ब पदपूर्ति गरिने उनको कार्यादिशा उल्लेख छ ।

सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेण्टी नभइरहेको हालको अवस्थालाई अन्त्य गरी किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गर्ने उनको योजना छ ।

कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा र्पुयाइने तथा प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषिबालीको हानिनोक्सानीबाट किसानलाई सुरक्षित गरिने कार्यादिशामा उल्लेख छ ।

आफूले सार्वजनिक गरेका यी नीतिगत आधार कार्यान्वयनका क्रममा आफूमाथि प्रश्न उठाउन सक्ने भएकाले ती प्रश्नको काम गरेरै जवाफ दिने मन्त्री भुसालको भनाइ छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार ०८:४७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...