back
NMB ad

कर्मचारीको आधा तलब बेहोरिदिन माग

Kumari bank ad

काठमाडौं । होटल तथा पर्यटन व्यवसायीले कर्मचारीको आधा तलब सामाजिक सुरक्षा कोषबाट बेहोरिदिन सरकारसँग माग गरेका छन् ।

विश्वव्यापी रूप लिएको कोरोनाले व्यापार व्यवसाय घटेको भन्दै होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले यस्तो माग राखेका हुन् ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै कार्यरत कर्मचारीहरूको ५० प्रतिशत तलब सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध गराइदिन आग्रह गरेको छ । बाँकी आधा तलब भने आफूहरूले नै बेहोर्ने संघको भनाइ छ ।

‘होटल तथा पर्यटन व्यवसायमा कार्यरत कर्मचारीहरूले पाउने मासिक तलब सुविधामध्ये ५० प्रतिशत सम्बन्धित व्यवसायीले र बाँकी ५० प्रतिशत तलब सुविधा सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइदिनुहुन आग्रह गर्दछौं,’ होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, वागमगी प्रदेशले जारी गरेको विज्ञप्तिमा लेखिएको अनलाइन खबरमा समाचार छ ।

व्यवसायीहरूले बैंकसँग लिएको ऋण तिर्न समस्या भएकाले यसमा पनि सहुलियतको माग राखेका छन् । बैँकसँग लिएको ऋणको किस्तामा व्यवसायीले सहुलियत मागेका हुन् ।

घर बहालमा ५० प्रतिशत छुटसँगै होटल तथा पर्यटन व्यवसायमा सरकारका तर्फबाट लगाइएका सम्पती कर, व्यवसायकर, मूल्य अभिवृद्धि कर, विभिन्न प्रकारका राजस्वहरूमा छुटको व्यवस्था गरिदिन उनीहरुले माग गरेका छन् ।

साथै सरकारसँग पानी, विजुली लगायतका महशुलमा पनि ५० प्रतिशत छुट माग गरिएको छ । संघ बागमती प्रदेशका १३ वटै जिल्लाका ठूला, मझौला तथा साना होटल तथा पर्यटन व्यवसायीहरूको संगठन हो । यसमा २६ वटा संघहरु आबद्ध छन् ।

वि.सं.२०७६ चैत ६ बिहीवार ०९:४२ मा प्रकाशित

You can share this post!

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...