पहिलो घण्टामा ४.८२ अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से कारोबार भएको पहिलो घण्टामा ४ दशमलव ८२ अंकले घटेको छ ।

१ हजार २५५ दशमलव ८० विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो घण्टामा शून्य दशमलव ३८ प्रतिशत घटेर १ हजार २५० दशमलव ९७ विन्दुमा पुगेको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ ।

बिहीवार पहिलो घण्टाको कारोबारमा १४५ ओटा कम्पनीको ३ हजार ३२१ पटकको कारोबारमा ७ लाख ९९ हजार ११० कित्ताको रू. २८ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार २२ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा एनआईसी एशिया बैंकको रू. १ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. २५३ रहेको छ ।

२०७६ चैत्र ६ गते १२:०१ मा प्रकाशित

You can share this post!

इन्जिनियरिङ कलेजको परीक्षा स्थगित गर्ने निर्णय

इन्जिनियरिङ कलेजको परीक्षा स्थगित गर्ने निर्णय

Related posts