शेयर बजारमा सुधार, १३.५० अंक बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से १३ दशमलव ५० अंकले बृद्धि भएको छ ।कारोना भाइरसले आर्थिक क्षेत्रमा केहि कठिनाई देखिरहेको बेला नेप्सेले पनि लगानीकर्तालाई केहि राहात दिएको छ ।

दिनभर उतार चढावमा रहेको सेयर बजार २ बजेर ५ मिटेनमा १२ सय ७८ अंकसम्म पुगेको थियो । त्यसपछि केहि समय सामान्य देखिएको नेप्से अन्तिम समयमा १२ सय ६९ दशमलव ३० अंकमा पुगेर रोकिएको छ । आज १ अर्व ९० करोडको सेयर कारोबार भएको छ ।

बिहिबार सबैभन्दा बढी हिमालयन डिस्टिलरीको कारोबार भएको छ । जनउत्थान सामुदायिक लघुबित्त र राधी हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सकिर्ट नजिक पुगेको छ ।

त्यस्तै नेपाल क्रेडिट एण्ड कमर्श बैंक र कर्णालाी डेभलप्मेन्ट बैंकका लगानीकर्ताले पनि बढी नाफा कमाउनेको समुहमा समाबेश भएका छन् । तर, सेन्ट्रल फाइनान्सको सयर मूल्य भने नकारात्मक सर्किट नजिक पुगेको छ ।

२०७६ चैत्र ६ गते १६:२७ मा प्रकाशित

You can share this post!

२००% हकप्रद विक्री गर्न समृद्धि फाइनान्सले माग्यो बोर्डसँग अनुमति

२००% हकप्रद विक्री गर्न समृद्धि फाइनान्सले माग्यो बोर्डसँग अनुमति

Related posts