रियाद । साउदी अरेबियाले कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि १४ दिनसम्म सार्वजनिक यातायात बन्द गर्ने भएको छ।
शनिबारबाट लागू हुने गरी साउदी अरेबियाले आन्तरिक उडानका साथै बस सेवा, ट्याक्सी, रेललगायत सार्वजनिक यातायातका साधन १४ दिनसम्मका लागि बन्द गर्ने भएको हो ।
यसअघि नै साउदी अरेबियाले अन्तराष्ट्रिय उडानमा १५ दिनका लागि रोक लगाइसकेको छ ।साउदी अरेबियामा कोरोना संक्रमितको संख्या २ सय ७४ पुगेको छ । त्यहाँ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक भने अहिलेसम्म प्रकाशमा आइसकेको छैन । एजेन्सी
वि.सं.२०७६ चैत ७ शुक्रवार ११:०३ मा प्रकाशित