back
NMB ad

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

Kumari bank ad

बागलुङ  । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका अभिभावकको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य विजय श्रेष्ठकी आमाको निधनप्रति दुख व्यक्त गर्दै बिहीबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । बागलुङ नगरपालिका–२ मरेपिपल निवासी गंगादेवी श्रेष्ठको ७९ वर्षको उमेरमा फागुन २७ गते निधन भएको थियो ।

श्रेष्ठको निधन भएको दशौं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले मृतकको निवास मरेपिपलमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि स्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु), सञ्चालकहरु गिता खड्का, कमल लामिछाने, खीमबहादुर केसी, अम्बिका जि.सी.को सहभागितामा संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने ५ हजार रुपैया स्वर्गीय श्रेष्ठकी छोरी सावित्रा कर्माचार्यलाई हस्तान्तरण गर्नु भएको थियो ।

यस्तैगरी शेयर सदस्य पम्फा किसानकी सासुआमाको निधनप्रति दुख व्यक्त गर्दै बिहीबार नै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । बागलुङ नगरपालिका–३ चिप्लेटी निवासी चमेली सार्कीको ८२ वर्षको उमेरमा फागुन २७ गते निधन भएको थियो ।

सार्कीको निधन भएको दशौं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले मृतकको निवास मरेपिपलमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि स्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु) सञ्चाल गिता खड्का, अम्बिका जिसी, खिम बहादुर के.सी र कमल लामिछानेहरुको सहभागितामा संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने ५ हजार रुपैया स्वर्गीय सार्कीकी नातीनी सावित्रि किसानलार्ई हस्तान्तरण गर्नु भएको थियो ।

साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ ।

सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन, धौलागिरि टेलिभिजनमा सहकार्य गर्दै आएको संस्थाले गत २०७६ भदौ २१ गतेदेखि आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ ।

आदर्श सञ्चार सहकारीले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर रकम, २१ करोड निक्षेप, २२ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १२:२० मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...