back
NMB ad

डिजिटल बैंकिङ कारोबार निःशुल्क

Kumari bank ad

काठमाडौं । आइतबारबाट डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । शुक्रबार कामु गभर्नर चिन्तमणि शिवाकोटीको नेतृत्वमा बैंकर्स र राष्ट्र बैंकका अधिकारीहरू बीचको छलफलले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय गरेको हो ।

डिजिटल कारोबार निःशुल्क गर्दा बैंकको काउन्टरमा हुने भिडभाट कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट रोक्न मद्दत पुग्ने भन्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले यस्तो व्यवस्था मिलाएको हो ।

बैंकर्स संघले आइतबारबाट डिजिटल कारोबामा शुल्क नलिने निर्णय गर्र्दै कामु गभर्नरसँग भेटेको थियो ।  बैंकर्स संघले डिजिटल भुक्तानी तथा अन्तर बैंक एटीएम सेवालाई पनि निःशुल्क गर्ने निर्णय गरेको हो ।

ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेको बैंकर्स संघले जनाएको छ । जसले गर्दा बैंकमा ग्राहकको भिड कम हुने र कोरोनाको जोखिम कम गर्न यस्तो निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण अनलाइन बैंकिङ कारोबार निःशुल्क गर्ने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १३:१६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...