back
NMB ad

करार सेवाका कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय !

Kumari bank ad

काठमाडौं । नेपाल वायुसेवा निगमले करारमा रहेका एकतिहाइ कर्मचारीलाई बिदा दिएको छ । करार सेवामा रहेका एक तिहाइलाई बेतलबी बिदा दिइएको निगमले जनाएको छ ।

निगमले करार सेवामा रहेका १५० एयर होस्टेस, १० विदेशी पाइलट र ५ नेपाली पाइलटलाई बेतलबी बिदा दिएको हो । निगमले दिएको जानकारीअनुसार केहीलाई १० दिनको, केहीलाई २ साताको र केहीलाई अर्को सूचना जारी नभएसम्मका लागि बिदा दिइएको हो ।

यसैगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापन कार्यमा संलग्न करारका कर्मचारीलाई पनि निगमले बिदा दिएको छ । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निगमले लिएको छ ।

निगमले भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत ९ गतेदेखि लागू हुने गरी स्थगित गरेको छ ।  निगमले चैत ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा पुरै रकम उपलब्ध गराइने पनि जनाएको छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १०:२७ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...