मेगा बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो ।

मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरुलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरुले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गर्नुभएको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले बिभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।

२०७६ चैत्र ७ गते १८:०५ मा प्रकाशित

You can share this post!

भर्खरै फेरि लोकसेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

भर्खरै फेरि लोकसेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

Related posts