शेयर बजार पनि आइतबारदेखि बन्द

काठमाडौं । आइतबारबाट दुई हप्ताको लागि सेयर कारोबार बन्द हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै ९ गतेबाट २१ गते सम्म संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बनद हुने घोषणा गरेसँगै आइतबारदेखि सेयर कारोबार बन्द हुने भएको हो ।

राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाहरुका सूचीमा १९ वटा सेवा रहे पनि त्यसमा पुँजीबजार भने छैन । उक्त सूचीमा पुँजीबजार समावेश नभएको हुँदा आइतबारबाट सेयर कारोबार बन्द हुने भएको हो ।

२०७६ चैत्र ७ गते १९:२९ मा प्रकाशित

You can share this post!

सरकारको निष्कर्ष : यी १७ अत्यावश्यक कार्यालय मात्रै खोल्ने

सरकारको निष्कर्ष : यी १७ अत्यावश्यक कार्यालय मात्रै खोल्ने

Related posts